
एजेन्सी । एसियाली क्लब फुटबलको शीर्ष प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेग खेलमा अल नासेर क्लबले अल फेहामाथि जित निकालेको छ ।
साउदी अरबियाली क्लबद्वयको भिडन्तमा अल नासेरले अल फेहामाथि १–० को जित निकालेको हो ।
अल फेहाको घरेलु मैदान प्रिन्स फैसल बिन फाहद रंगशालामा भएको खेलमा भ्रमणकारी टोली नासेरको जितमा क्रिस्चियानो रोनाल्डोले एकमात्र निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ८१ औं मिनेटमा मार्सेलो ब्रोजोभिकको असिस्टमा रोनाल्डोले निर्णायक गोल गरे ।
महत्वपूर्ण जितसंगै अल नासेरले अन्तिम १६ मा एक गोलको अग्रता लिएको छ ।
दोस्रो लेग खेल अल नासेरको घरेलु मैदानमा हुनेछ ।