भक्तपुर । एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कप भोली अर्थात् शुक्रवारदेखि कतारमा सुरु हुँदैछ ।

१८ औं संस्करणको एसियाली फुटबलको शीर्ष प्रतियोगितामा एसियाका २४ राष्ट्रहरु सहभागी हुँदैछन् ।

एसियाली फुटबल महासंघ (एएफसी) को आयोजनामा हुने प्रतियोगितामा सहभागी हुने राष्ट्रहरुलाई ६ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा साविक विजेतासमेत रहेको कतारसंगै मित्र राष्ट्र चीन, लेबनान र ताजकिस्तान रहेको छ ।

त्यस्तै, समूहमा ‘बी’ मा पुर्व एसियाली विजेता अष्ट्रेलियासंगै छिमेकी राष्ट्र भारत, सिरिया र उजबेकिस्तान रहेका छन् ।

समूह ‘सी’ मा भने तीन पटकको एसियन कप विजेता इरान, प्यालेस्टाइन, हङकङ र युनाइटेड अरब इमिरेट्स ९युएई० रहँदा समूह ‘डी’ मा सर्वाधिक चार पटकका एसियन कप विजेता जापान, इराक, इन्डोनेसिया र भियतनाम रहका छन् ।

यता, समूह ‘इ’ मा दुई पटकको एसियन कप विजेता दक्षिण कोरिया, जोर्डन, बहराइन र मलेसिया रहँदा समूह ‘एफ’ मा तीन पटकका एसियन च्याम्पियन साउदी अरबिया, ओमान, थाइल्याण्ड र क्रिगिस्तान रहेका छन् ।

प्रतियोगिता लिग कम नकआउट प्रणालीका आधारमा सञ्चानल हुनेछ ।

समूह चरणमा प्रत्येक समूहबाट शीर्ष दुईमा रहने दुई टोली समूह विजेता र उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्नेछ । त्यस्तै, प्रत्येक समूहको तेस्रो स्थानमा रहने टोलीमध्येबाट उत्कृष्ट चार टोलीले पनि प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाउनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र कतारले लेबनानसंग खेल्नेछ ।

सो खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

चार वर्षको अन्तरालमा आयोजना हुने एसियाली सर्वोच्च प्रतियोगिता आउँदो जनवरी १२ तारिखदेखि फ्रेबअरी १० तारिखसम्म करिब एक महिना कतारका विभिन्न पाँच सहरका ९ रंगशालामा हुँदैछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.