भक्तपुर । नेपालले एएफसी महिला एसियन कप छनोटअन्तर्गत लगातार दोस्रो खेलमा फराकिलो जित निकालको छ ।

बुधवार साँझ भएको खेलमा नेपालले चिरपरिचित दक्षिण एसियाली राष्ट्र श्रीलंकालाई ८–० को फराकिलो जित निकालेको हो ।

यसअघि नेपालले छनोटअन्तर्गत पहिलो खेलमा लावसमाथि ९–० को जित हासिल गरेको थियो ।

उज्बेकिस्तानको बुन्योदकोर रंगशालामा भएको खेलमा नेपाललाई एकपक्षिय जित दिलाउन कप्तान साबित्रा भण्डारी (साम्बा) ले ह्याट्रिक गर्दा गीता रानाले दुई तथा रेखा पौडेल, पूजा राना र निशा थोकरले समान एक–एक गोल थपे ।

जितसंगै समूह ‘एफ’ मा रहेको नेपालले २ खेलबाट ६ अंक जोडेको छ ।

अब नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसंग खेल्नेछ ।

उक्त खेलमा जित हासिल गर्न सके नेपाल अष्ट्रेलियामा हुने एसियन कपमा छनोट हुनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.