एजेन्सी । छिमेकी राष्ट्र चीनले एएफसी एसियन कप छनोटअन्तर्गत खेलमा इन्डोनेसियामाथि जित निकालेको छ ।

मंगलवार भएको छनोटअन्तर्गत तेस्रो चरणको खेलमा चीनले इन्डोनेसियामाथि २–१ को जित निकालेको हो ।

चीनको घरेलु मैदान क्विनदाओय युथ फुटबल स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि बेहराम अब्दुवेली र झाङ युनिङले गोल गरे ।

पराजित टोलीका लागि थोम हेएले एक गोल फर्काए ।

पहिलो हाफको २१ औं मिनेटमा शेङलङ जियाङको पासमा अब्दुवेलीले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि पहिलो हाफको ४४ औं मिनेटमा गाओ झुन्यीको पासमा युनिङले गोल गर्दै चीनलाई २–० ले अघि बढाए ।

तर, दोस्रो हाफको ८६ औं मिनेटमा इन्डोनेसियाका लागि हायले गोल फर्काउँदा खेल २–१ ले सकियो ।

जितसंगै चीनले ४ खेलबाट पहिलो जित निकाल्दा ३ अंक जोडेको छ ।

चीन समूह ‘सी’ को छैटौं स्थानमा रहेको छ ।

यता, इन्डोनेसियाको पनि समान ४ खेलमा ३ अंक रहेको छ ।

इन्डोनेसिया गोलअन्तरका आधारमा चीनको भन्दा एक स्थानमाथि रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.