एजेन्सी । कतारमा जारी एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपअन्तर्गत समूह ‘इ’ को खेलमा दक्षिण कोरियाले बहराइनमाथि जित हासिल गर्दै विजयी सुरुवात गरेको छ ।

सोमवार साँझ भएको समूह ‘इ’ को पहिलो खेलमा बलियो दक्षिण कोरियाले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी बहराइनमाथि ३–१ को सहज जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

जस्सिम बिन हमद स्टेडियममा भएको खेलमा कोरियाको जितमा लि काङ इनले दुई गोल गर्दा ह्वाङ इन बियोमले एक गोल गरे ।

यता, बहराइनका लागि अब्दुल्लाह अल हसनको गोल सान्तोना बन्यो ।

पहिलो हाफको ३८ औं मिनेटमा ह्वाङको गोलमार्फत् कोरियाले सुरुवाती अग्रता लियो ।

तर, दोस्रो हाफको ५१ औं मिनेटमा हसनले बहराइनका लागि गोल फर्काउँदै खेलाई १–१ को बराबरीमा ल्याए ।

त्यसपछि ५६ औं मिनेटमा किम जाय मिनको पासमा लि काङ इनले गोल गर्दै कोरियालाई पुनः २–१ को अग्रता दिलाए ।

यता, ६८ औं मिनेटमा ह्वाङको पासमा लि काङ इनले व्यक्तिगत रुपमा दोस्रो गोल गर्दा कोरिया ३–१ ले विजयी भयो ।

सहज जितसंगै कोरियाले समूह तालिकामा महत्वपूर्ण ३ अंक जोडेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.