एजेन्सी । एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र कतारले लेबनानमाथि सहज जित हासिल गरेको छ ।

शुक्रवार राति भएको खेलमा साविक विजेतासमेत रहेको कतारले लेवनानलाई ३–० को सहज जित हासिल गरेको हो ।

कतारस्थित लुसाइल रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि अक्राम आफिफले दुई गोल गर्दा अलमोएज अलीले अर्को एक गोल थपे ।

पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा अल्मोएज अलीको पासमा अक्रमले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि दोस्रो हाफको ५६ औं मिनेटमा मोहम्मेद वादको पासमा अलीले गोल थप्दा कतार २–० ले अघि बढ्यो ।

यता, खेलको अन्त्यतिर इन्जुरी समयको छैटौं मिनेटमा अक्रमले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा कतार ३–० ले विजयी भयो ।

सहज जितसंगै समूह ‘ए’ मा रहेको कतारले ३ अंक जोडेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.