एजेन्सी । स्पेनिस क्लब फुटबलमा महा भिडन्तका रुपमा लिईने बार्सिलोना र रियल मड्रिडबीचको एलक्लासिको खेलमा बार्सिलोनाले बाजी मारेको छ ।
आइतवार राति भएको ला लिगा खेलमा बार्सिलोनाले रियल मड्रिडमाथि २–१ को पुनरागमन जित हात पार्दै एलक्लासिको आफ्नो पक्षमा पारेको हो ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नौमा भएको खेलमा ९ औं मिनेटमा रोनाल्ड अरान्जोको आत्मघाती गोलमार्फत मड्रिडले खेलमा १–० को अग्रता लिएको थियो ।
४५ औं मिनेटमा सर्जेइ रोबर्टोले गोल फर्काउँदै घरेलु टोलीलाई खेलमा १–१ को अवस्थामा फर्काएका थिए ।
बराबरी उन्मुख खेलको अन्तिमतिर ९२ औं मिनेटमा फ्याकं केसेईले गोल गरेपछि बार्सिलोनाले खेल २–१ ले जित्यो ।
त्यसअघि ८१ औं मिनेटमा मड्रिडका मार्को एसेन्सियोले गोल गरतापनि भिएआरले मान्यता नदिँदा रियलले अग्रता बनाउने अवसर गुमाएको थियो ।
जितसंगै क्याटलान क्लब बार्सिलोनाले २६ खेलमा ६८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा अग्रता फराकिलो पारेको छ ।
महत्वपूर्ण खेलमा पराजय बेहोरेको मड्रिडको उपाधि होड कमजोर हुन थालेको छ । मड्रिडको समान खेलमा ५६ अंक छ ।
हारसैगै मड्रिड बार्सिलोना भन्दा १२ अंकले पछि परेको छ ।