एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत एलक्लासिको भिडन्तमा रियल मड्रिडले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ ।

आईतवार राति भएको स्पेनिस महारथीद्वयबीचको रोमाञ्चक खेलमा लिग लिडर रियल मड्रिडले साविक विजेता बार्सिलोनामाथि ३–२ को प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

मड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबाउ रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज र जुधे बेलिङघमले गोल गरे ।

भ्रमणकारी टोलीका लागि एन्ड्रेस क्रिस्टियन्सन र फेर्मिनले गोल गरे ।

एलक्लासिको सुरु भएको छैटौं मिनेटमा राफिन्हाको पासमा क्रिस्टियन्सनले गोल गर्दै क्याटलान क्लबलाई सुरुवाती अग्रता दिलाए ।

तर, १८ औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमार्फत् गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि दोस्रो हाफको ६९ औं मिनेटमा फेर्मेनले गोल थर्दै पुनः बार्सिलोनालाई २–१ ले अघि बढायो ।

तर, ७३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा भाजक्वेजले बराबरी गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।

यता, बराबरी उन्मुख खेलको अन्त्यतिर इन्जुरी समयको पहिलो मिनेटमा भाजक्वेजको पासमा बेलिङघमले गोल गर्दै मड्रिडलाई ३–२ ले जिताए ।

प्रतिस्पर्धात्मक जितसंगै लिग लिडर मड्रिडले ३२ खेलबाट ८१ अंक जोडेको छ ।

पराजित बार्सिलोनाको भने समान ३२ खेलबाट ७० अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

योसंगै निकतम प्रतिद्वन्दी बार्सिलोनासंग ११ अंकको फराकिलो अग्रता बनाएको मड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.