Unmukt Chand of Los Angeles Knight Riders during match fifteen of the Cognizant Major League Cricket season 2 between Los Angeles Knight Riders and Seattle Orcas held at the Church Street Park cricket stadium, Morrisville, North Carolina, United States of America (USA) on the 17th July 2024 Photo by Richard Huggard / Sportzpics for MLC

एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमएलसी) अन्तर्गत खेलमा एलए नाइट राइडर्सले जित निकालेको छ ।

विहिवार विहान भएको खेलमा एलए नाइट राइडर्सले सियाटल ओर्कासमाथि ४ विकेटको जित निकालेको हो ।

महत्वपूर्ण जितसंगै एलए नाइट राइडर्सले ६ खेलबाट ५ अंक जोड्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।

पराजित अर्कासको भने ५ खेलबाट २ अंकसहित तालिकाको छैटौं अर्थात् पुच्छारमा रहेको छ ।

नर्थ क्यालोरिनास्थित चर्च स्ट्रिट पार्क रंगशालामा भएको खेलमा १४३ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको एलएले १९.१ ओभर खेल्नेक्रममा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

एलएका लागि विकेटकिपर उन्मुक्त चन्दले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेल्दा जसन रोयले २४ बल खेल्दै ३ चौका प्रहार गर्दै २७ रन जोडेर पेविलियन फर्किए ।

त्यस्तै, सैफ बडारले १६ बलमा १ छक्का प्रहार गर्दै १८ रन जोडेर अविजित रहँदा नितिश कुमारले ९ बल खेल्नेक्रममा १ छक्का प्रहार गरेर १२ रन जोड्दै पेविलियन फर्किए ।

यता, एन्ड्रे रस्सेलले ७ बलमा १ छक्का प्रहार गर्दै १० रन जोडेर आउट हुँदा कप्तान सुनिल नारिने ८ र डेभिड मिलेर २ रनमा पेविलियन फर्किए ।

कोर्ने ड्राइ भने शुन्य रनमा अविजित रहे ।

एलएले अतिरिक्त रुपमा ४ रन जोड्यो ।

ओकार्सका लागि क्यामरन गानोन र हरमित सिंहले समान २–२ विकेट लिँदा लुङ्गी एनगिडी र किमो पाउलले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको ओर्कासले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १४२ रन जोड्यो ।

ओर्कासका लागि ओपनर ब्याट्सम्यान रायन रिकेल्टनले ५२ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८९ रनको अर्धशतकिय पारी खेल्दा हेनरिक क्लासेनले २३ बल खेल्नेक्रमा २ चौका प्रहार गदै २३ रन जोडेर पेविलियन फर्किए ।

त्यसपछि अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

आरोन जोन्स ९, माइकल ब्रासवेल ५, शेहान जयासुर्या २ र क्विन्टन डि कक शुन्य रनमा पेविलियन फर्किए ।

यता, किमो पाउल र हरमित सिंह समान ४–४ रनमा अविजित रहे ।

ओर्कासले अतिरिक्त रुपमा ६ रन जोड्यो ।

एलएका लागि कप्तान सुनिल नारिने, एन्ड्रे रस्सेल, स्पेनसर जोनसन र कोर्ने ड्राइले समान १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.