एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमएलसी) अन्तर्गत खेलमा सियाटल ओकार्समाथि सान फ्रान्सिस्को युनिकर्न्सले सहज जित निकालेको छ ।

आईतवार विहान भएको खेलमा सान फ्रान्सिस्को युनिकर्न्सले सियाटल ओकार्समाथि ६ विकेटको सहज जित निकालेको हो ।

महत्वपूर्ण जितसंगै सान फ्रान्सिस्को युनिर्कन्स र वासिङटन फ्रिडम प्लेअफमा छनोट हुन सफल भएका छन् ।

६ खेल खेलिसकेको वासिङटनले ५ जितसहित ११ अंक हासिल गर्दै लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै सान फ्रान्सिस्कोले ओर्कासमाथि जित निकालेसंगै ६ खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

पराजित ओकार्सको भने ६ खेलबाट २ अंकसहित तालिकाको पुच्छारमा रहेको छ ।

टेक्सासस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा १५३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको सान फ्रान्सिस्कोले १४.२ ओभरमा मात्र ४ विकेट गुमाउँदै १५६ रन जोड्यो ।

सान फ्रान्सिस्कोका लागि ओपनर ब्याट्सम्यान फिन अल्लेनले ३० बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै ७७ रनको अर्धशतकिय पारी खेल्दै जितको आधार तयार पारे ।

त्यस्तै, विकेटकिपर जोश इंग्लिसले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडेर अविजित रहँदा अर्का ओपनर म्याट सर्टले १४ बल खेल्दै २ छक्का प्रहार गरेर १९ रन जोड्दै पेविलियन फर्किए ।

यता, शेरफान रुथरफोर्डले ८ बलमा १ चौका र २ छक्का प्रहार गर्दै १७ रन जोडेर आउट हुँदा सञ्जय कृष्णामुर्थी १६ बल खेल्नेक्रममा १ चौका मद्दतमा १० रन जोडेर पेविलियन फर्किए ।

कप्तान कोरे एडरसन भने ४ रनमा अविजित रहे ।

सान फ्रान्सिस्कोले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

आकार्सका लागि हरमित सिंहले २ विकेट लिँदा क्यामरन गानोन र आइमद वासिमले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको सियाटल ओकार्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १५२ रन जोड्यो ।

सियाटल ओकार्सका लागि विकेटकिपर क्विन्टन डि ककले ३३ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ६२ रनको अर्धशतकिय पारी खेल्दा शेहान जयासुर्याले ३३ बल खेल्दै ४ चौका प्रहार गरेर ३१ रन जोडे ।

त्यस्तै, शुभम् रानजानेले २५ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २६ रन जोडेर अविजित रहँदा कप्तान हेनरिक क्लासेन ८ र हरमित सिंह ३ रनमा पेविलियन फर्किए ।

ओकार्सका ३ ब्याटरले अंकको खाता नै खोल्न सकेनन् ।

ओर्कासले अतिरिक्त रुपमा ५ रन जोड्यो ।

यता, सान फ्रान्सिस्कोका लागि हस्सन खानले ३ विकेट लिँदा कार्मी ले रौक्सले २ तथा कोरे एडरसन र बोर्डे काउचले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.