एजेन्सी । संयुक्त राज्य अमेरिकामा जारी दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमएलसी) को उपाधि वासिङटन फ्रिडमले जितेको छ ।
सोमवार विहान भएको फाइनल खेलमा सान फ्रान्सिस्को युनिकर्न्समाथि ९६ रनको जित हासिल गर्दै वासङटन फ्रिडमले एमएलसीको उपाधि जितेको हो ।
टेक्सासको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको उपाधि भिडन्त खेलमा २०८ रनको विशाल विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको सान फ्रान्सिस्को १६ ओभरमा अलआउट हुँदा मात्र १११ रनमा समेतियो ।
सान फ्रान्सिस्कोका लागि कार्मी ले रौक्सले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडेर अविजित रहँदा विकेटकिपर जोस इंग्लिसले ११ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोडेर पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान फिन एलेनले १३ बलमा २ चौका प्रहार गर्दै १३ रन जोडेर आउट हुँदा सञ्जय कृष्णामूर्तिले ९ बल खेल्दै ३ चौका प्रहार गरेर १३ रन जोडेर पेविलियन फर्किए ।
यता, हस्सन खानले ६ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन जोडेर आउट ह्ँदा प्याट कमिन्सले ७ बल खेल्नेक्रममा २ छक्का प्रहार गरेर १३ रन जोड्दै पेविलियन फर्किए ।
ह्यारिस रौफ ७, जु्वानोय ड्रायस्डेल ५, शेरफाइन रुथरफोर्ड ४, ज्याक फ्रास्टर म्याकग्रुक ३ र कप्तान कोरे एडरसन श्न्य रनमा पेविलियन फर्किए ।
सान फ्रान्सिस्कोले अतिक्ति रुपमा २ रन जोड्यो ।
सान फ्रान्सिस्कोलाई अलआउट गर्दै सहज जित निकाल्न वासिङटनका लागि मार्को जेन्सेन र रचिन रविन्द्रले ३–३ विकेट लिँदा एन्ड्रियु टायले २ तथा सौरभ नेत्रभल्कर र ग्लिन म्याक्सवेलले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको वासिङटनले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २०७ रनको विशाल योगफल तयार पार्यो ।
वासिङटनका लागि कप्तान स्टिभ स्मिथले ५२ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८८ रनको अर्धशतकिय पारी खेल्दा ग्लिन म्याक्सवेलले २२ बल खेलनेक्रममा १ चौका र ४ छक्का प्रहार गदैै ४० रन जोडेर पेविलयन फर्किए ।
त्यस्तै, विकेटकिपर एन्ड्रेस गौसले १४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २१ रन जोडेर आउट हुँदा मुख्टर अहमेदले ९ बल खेल्दै २ चौका र १ छक्का प्रहार गर्दै १९ रन जोडेर अविजित रहे ।
यता, ओबस पिनरले ९ बलमा १ चौका प्रहार गर्दै १३ रन जोडेर अविजित रहँदा रचिन रविन्द्रले ९ बल खेल्दै १ चौका मद्दतमा ११ रन जोडेर पेविलियन फर्किए ।
ओपनर ब्याट्सम्यान ट्राभिस हेड ९ रनमा पेविलियन फर्किए ।
वासिङटनले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
सान फ्रान्सिस्कोका लागि प्याट कमिन्सले २ विकेट लिँदा ह्यारिस रौफ र जु्वानोय ड्रायस्डेलले समान १–१ विकेट लिए ।