
एजेन्सी । अमेरिकी घरेलु लिग मेजर लिग सकर (एमएलएस) अन्तर्गत खेलमा कोलोराडो रापिड्ससंग इन्टर मियामी बराबरीमा रोकिएको छ ।
आईतवार विहान भएको एमएलएस खेलमा कोलोराडो रापिड्ससंग इन्टर मियामी २–२ को बराबरीमा रोकिएको हो ।
मियामीको घरेलु मैदान चेस स्टेडियममा भएको खेलमा घरेलु टोलीका लागि लियोनल मेसी र लियान्ड्रो अफन्सोले गोल गर्दा भ्रमणकारी टोलीका लागि राफायल नाभारो र कोल बास्सेटले गोल गरे ।
पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा नाभारोको पेनाल्टी गोलमार्फत् भ्रमणकारी टोलीले १–० को अग्रता लियो ।
तर, दोस्रो हाफको ५७ औं मिनेटमा फ्रान्को नेग्रीको पासमा मेसीले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
त्यसको तीन मिनेटपछि नै डेभिड रुइजको पासमा अफन्सोले गोल थप्दा मियामी २–१ ले अघि बढ्यो ।
तर, खेलको अन्तिम समय सम्हालिन नसक्दा मियामी बराबरीमा रोकिन पुग्यो ।
खेलको ८८ औं मिनेटमा काल्भिन ह्यारिसको पासमा बास्सेटले गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।
बराबरीसंगै दुबै टोलीले अंक बाँडेका छन् ।
मियामीले लिगमा ८ खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।
कोलोराडोले भने ७ खेलबाट ९ अंक जोड्दै तालिकाको ९ औं स्थानमा रहेको छ ।