एजेन्सी । इंग्लिस महारथी म्यानचेस्टर सिटीले प्रिमियर लिगअन्तर्गत खेलमा एभर्टनमाथि पुनरागमन जित रचेको छ ।

बुधवार राति भएको खेलमा साविक विजेता समेत रहेको म्यानचेस्टर सिटीले एभर्टनमाथि ३–१ को पुनरागमन जित रचेको हो ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्क रंगशालामा भएको खेलमा सिटीका लागि फिल फोडेन, जुलियान अल्भारेज र बेनार्डो सिल्भाले समान एक–एक गोल गरे ।

यता, घरेलु टोलीका लागि ज्याक ह्यारिसनले एक गोल गरे ।

खेल सुरु भएको २९ औं मिनेटमा ड्वीट म्याकनेलको पासमा ह्यारिसनले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाए ।

तर, दोस्रो हाफको ५३ औं मिनेटमा सिल्भाको पासमा सिटीका लागि फोडेनले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि ६४ औं मिनेटमा अल्भारेजले पेनाल्टीमार्फत गोल गर्दा सिटी २–१ ले अघि बढ्यो ।

यता, खेलको अन्त्यतिर ८६ औं मिनेटमा सिल्भाले गोल थप्दा भ्रमणकारी टोली ३–१ ले विजयी भयो ।

पुनरागमन जितसंगै सिटीले १८ खेलबाट ३७ अंक जोड्दै लिग तालिकामा चौथौं स्थानमा उक्लिएको छ ।

पराजित घरेलु टोलीको भने १९ खेलबाट १६ अंक रहेको छ ।

एभर्टन तालिकाको १७ औं स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत गयराति नै भएको अन्य खेलहरुमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २–१ को जित निकाल्दा ब्रेन्टफोर्ड भने उल्भ्ससंग ४–१ ले पराजित भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.