एजेन्सी । जारी सिजन लगातार खराब प्रदर्शनबाट गुज्रेपछि इंग्लिस क्लब एभर्टनले मूख्य प्रशिक्षक फ्यांक लाम्पार्डलाई बर्खास्त गरेको छ ।
सोमवार एभर्टनले प्रशिक्षक लाम्पार्डलाई बर्खास्त गरेको जनाएको हो ।
प्रिमियर लिग क्लब एभर्टनले पछिल्लो १४ खेल खेल्दा ११ खेलमा पराजय बेहोरेको थियो ।
विगत १ वर्षदेखि इंग्ल्याण्डका पूर्व राष्ट्रिय खेलाडीले एभर्टनको व्यपस्थापक÷प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हालिरहेको थियो ।
गुडिसन पार्कको नेतृत्वमा रहँदा पूर्व चेल्सी म्यानेजरले मिश्रित नतिजा आत्मसाथ गरेका छन् । गत संस्करण समग्रमा उनले राम्रो प्रदर्शन देखाएका थिए ।
गत संस्करण राफायल बेनिटेजको स्थानमा उनलाई प्रतिस्थापन्न गरेको थियो ।
जारी प्रिमियर लिगमा एभर्टन १९ औं स्थानमा छ । यो भनेको अन्तिमबाट दोस्रो स्थान हो । लिगमा २० खेल सकिँदा एर्भटनले मात्र १५ अंक जोडेको छ ।
रेलिगेशनमा संर्घष गरिरहेको एर्भटनले लाम्पार्डको नेतृत्पमा सनिवार वेस्टह्यामसंग २–० ले पराजय बेहोरेको थियो ।