एजेन्सी । जर्मन महारथी बायर्न म्युनिखले बुडेसलिगाअन्तर्गत खेलमा एफसी युनियन बर्लिनमाथि साँघुरो जित निकालेको छ ।
बुधवार राति भएको खेलमा साविक विजेतासमेत रहेको बायर्न म्युनिखले जारी सिजन लयमा आउन संघर्षरत टोली एफसी युनियन बर्लिनमाथि १–० को साँघुरो जित निकालेको हो ।
म्युनिखस्थित एलियान्ज एरिना रंगशालामा भएको खेलमा घरेलु टोलीका लागि एकमात्र निर्णायक गोल राफायल गुइरैरोले गरे ।
राफायलले खेलको ४६ औं मिनेटमा गोल गरे ।
महत्वपूर्ण जितसंगै म्युनिखले १८ लिग खेलमा ४४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा कायम रहेको छ ।
तालिकाको शीर्ष स्थानमा रहेको बायर लेभरकुसेनको समान १८ खेलमा ४८ अंक रहेको छ ।
यता, पराजित एफसी युनियन बर्लिनको १७ खेलमा १४ अंकमात्र रहेको छ ।
एफसी बर्लिन तालिकाको १५ औं स्थानमा रहेको छ ।