एजेन्सी । नर्वेजियन स्टार स्ट्राइकर इर्लिङ हालान्ड प्रेरित खेलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रतिष्ठित प्रतियोगिता एफए कपमा लुटन टाउनलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

मंगलवार राति भएको पाँचौं चरणको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिग प्रतिद्वन्दी लुटन टाउनलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको हो ।

लुटन टाउनको घरेलु मैदान केनिलवर्थ रोड रंगशालामा भएको खेलमा सिटीको जितमा हालान्ड एक्लैले पाँच गोल गर्दा माटेओ कोभाकिकले एक गोल थपे ।

त्यस्तै, पराजित घरेलु टोलीका लागि जोर्डन क्लार्कले दुई गोल गरे ।

खेल सुरु भएको तेस्रो मिनेटमै केभिन डिब्रुएनाको पासमा हालान्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि १८ औं मिनेटमा डिब्रुएनाकै पासमा हालान्डले गोल थप्दा सिटी २–० ले अघि बढ्यो ।

त्यस्तै, ४० औं मिनेटमा डिब्रुएनाकै असिस्टमा हालान्डले ह्याट्रिक पूरा गर्दा सिटी ३–० ले अघि बढ्यो ।

पहिलो हाफको अन्त्यतिर ४५ औं मिनेटमा रोस बार्कलेको असिस्टमा क्लार्कले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल ३–१ को अवस्थामा आयो ।

यता, दोस्रो हाफको ५२ औं मिनेटमा बार्कलेकै असिस्टमा क्लार्कले लुटनका लागि गोल फर्काउँदा खेल ३–२ को अवस्थामा आयो ।

तर, त्यसको तीन मिनेटपछि नै डिब्रुएनाकै पासमा हालान्डले व्यक्तिगत रुपमा चौथौं गोल थप्दा खेल ४–२ ले अघि बढ्यो ।

लगत्तै ५८ औं मिनेटमा बेनार्डो सिल्भाको असिस्टमा हालान्डले पाँचौं गोल गर्दा सिटी ४–२ ले अघि बढ्यो ।

यता, ७२ औं मिनेटमा जोन स्टोन्सको असिस्टमा कोभाकिकले थोल थप्दा सिटी ६–२ ले विजयी भयो ।

फराकिलो जितसंगै साविक विजेता सिटी प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पराजित लुटन भने प्रतियोगिताबाट बाहिरिएको छ ।

एफए कपअन्तर्गत गयराति नै भएको अन्य खेलहरुमा प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडले च्याम्पियनसिप क्लब ब्लाकबर्न रोर्भसमाथि पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दा च्याम्पियनसिप क्लब लेस्टर सिटीले प्रिमियर लिग क्लब एएफसी बर्नमाउथलाई १–० ले पराजित गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.