एजेन्सी । च्याम्पियनसिप क्लब साउथह्याम्टनमाथि सहज जित निकाल्दै लिभरपूल प्रतिष्ठित प्रतियोगिता एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधवार राति भएको खेलमा बलियो लिभरपूलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी साउथह्याम्टनमाथि ३–० को जित निकाल्दै इंग्लिस प्रतिष्ठित प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मर्सिसाइड क्लबको घरेलु मैदान एन्डफिल्ड रंगशालामा भएको खेलमा घरेलु टोलीको जितमा युवा खेलाडी जेदिन ड्यान्सले दुई गोल गर्दा लेविस कौमासले एक गोल गरे ।

पहिलो हाफको ४४ औं मिनेटमा बबी क्लार्कको असिस्टमा कौमासले गोल गर्दै रेड्सका रुपमा समेत चिनिने लिभरपूललाई १–० ले अघि बढाए ।

त्यसपछि दोस्रो हाफको ७३ औं मिनेटमा हार्भे इलियटको असिस्टमा ड्यान्सले गोल गर्दै लिभरपूललाई २–० ले अघि बढाए ।

यता, ८८ औं मिनेटमा ड्यान्सले व्यक्तिगत रुपमा दोस्रो गोल थप्दा लिभरपूल ३–० ले विजयी भयो ।

अब लिभरपूलले क्वाटरफाइनलमा चिरपरिचित प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेडसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यस्तै, गयराति नै सम्पन्न अर्को खेलमा उल्भ्सले प्रिमियर लिग प्रतिद्वन्दी ब्राइटनमाथि १–० को जित निकाल्यो ।

उल्भ्सको घरेलु मैदान मोनिलियोक्स स्टेडियममा भएको खेलमा घरेलु टोलीको जितमा मारियो लेमिनाले एकमात्र निर्णायक गोल गरे ।

लेमिनाले खेल सुरु भएको दोस्रो मिनेटमा गरेको गोल नै उल्भ्सका लागि जितका लागि प¥याप्त बन्यो ।

जितसंगै उल्भस प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.