एजेन्सी । एस्टन भिल्लाले इंग्लिस प्रतिष्ठित प्रतियोगिता एफए कपमा वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ ।
शुक्रवार राति भएको तेस्रो चरणको खेलमा एस्टन भिल्लाले प्रिमियर लिग प्रतिद्वन्दी वेस्टह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।
एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्क रंगशालामा भएको खेलमा एक गोलले पछि परेको स्थितिलाई उल्ट्याउँदै घरेलु टोलीले पुनरागमन जित रच्यो ।
खेल सुरु भएको नवौं मिनेटमा क्राइसेन्सियो समरभिल्लेको पासमा लुकास पक्वेटाले गोल गर्दै भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ७१ औं मिनेटमा अमडौ ओनानाले घरेलु टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, ७६ औं मिनेटमा ओले वाकिन्सको पासमा मार्गान रोजर्सले गोल गर्दा एस्टन भिल्ला २–१ ले विजयी भयो ।
पुनरागमन जितसंगै एस्टन भिल्ला प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्न सफल भएको छ ।