एजेन्सी । फुलहमले इंग्लिस प्रतिष्ठित प्रतियोगिता एफए कपमा वाटफोर्डमाथि फराकिलो जित हासिल गरेको छ ।
विहिवार राति भएको एएफए कपअन्तर्गत तेस्रो चरणको खेलमा प्रिमियर लिग क्लब फुलहमले च्याम्पियनसिप टोली वाटफोर्डमाथि ४–१ को फराकिलो जित हासिल गरेको हो ।
फुलहमको घरेलु मैदान कार्भिन कटेज रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जिताउन रोड्रिगो मुनिज, राउल जेमिनिज, जोआचिम एडर्सन र टिमोथी कास्टाग्नेले गोल गरे ।
पराजित भ्रमणकारी टोलीका लागि भने रोक्को भटाले सान्तोना गोल फर्काए ।
पहिलो हाफको २६ औं मिनेटमा एडमा टाउरेको पासमा मुनिजले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
तर, ३३ औं मिनेटमा एन्टोनियो टिकभिकको पासमा भटाले च्याम्पियनसिप टोलीका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
यता, दोस्रो हाफको ४९ औं मिनेटमा जेमिनिजले पेनाल्टीमा गोल गर्दै प्रिमियर लिग टोलीलाइृ २–१ ले अघि बढाए ।
त्यस्तैगरी, ६५ औं मिनेटमा एडर्सनले गोल थप्दा फुलहम ३–१ ले अघि बढ्यो ।
खेलको अन्त्यतिर ८५ औं मिनेटमा मार्सियल गोडोको पासमा कास्टाग्नेले गोल थप्दा फुलहम ४–१ ले विजयी भयो ।
जितसंगै फुलहम चौथौं चरणमा प्रवेश गरेको छ ।