
एजेन्सी । म्यानचेस्टर सिटीले इंग्लिस फुटबलको प्रतिष्ठित प्रतियोगिता एफए कपअन्तर्गत चौथौं चरणको खेलमा टोटनहम हटस्परमाथि जित निकालेको छ ।
शुक्रवार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस फुटबलको लोकप्रिय प्रतियोगिता एफए कपअन्तर्गत चौथौं चरणको खेलमा टोटनहम हटस्परमाथि १–० को जित निकालेको हो ।
टोटनहमको घरेलु मैदान टोटनहम हटस्पर रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन नाथान एकेले निर्णायक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा ८८ औं मिनेटमा एकेले निर्णायक गोल गर्दा सिटी १–० ले विजयी भयो ।
महत्वपूर्ण जितसंगै सिटी अघिल्लो चरण प्रवेश गर्दा स्पर्सका रुपमा समेत चिनिने टोटनहम भने प्रतियोगिताबाट बाहिरिएको छ ।
एफए कपअन्तर्गत गयराति नै भएको अन्य खेलहरु बराबरीमा सकिए ।
स्टामफोर्ड ब्रिज रंगशालामा भएको खेलमा चेल्सी भ्रमणकारी टोली एस्टन भिल्लासंग गोलरहित बराबरीमा रोकिँदा प्रिमियर लिग क्लब नटिङघम फोरेस्ट च्याम्पियनसिप क्लब बिस्टोल सिटीसंग गोलरहित बराबरीमा रोकियो ।
त्यस्तै, च्याम्पियनसिप क्लबद्वय सेफिल्ड वेनेस्डे र कोभेन्ट्री सिटीले १–१ को बराबरी खेलेका छन् ।