एजेन्सी । इंग्लिस फुटबलको प्रतिष्ठित प्रतियोगिता एफए कपअन्तर्गत तेस्रो चरणको खेलमा लिभरपूलले आर्सनललाई पराजित गरेको छ ।

आईतवार राति भएको हेभिवेट भिडन्तमा लिभरपूलले आर्सनललाई २–० ले पराजित गरेको हो ।

आर्सनलको घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा दुबै गोल दोसो हाफमा सम्भव भयो ।

दोस्रो हाफको ८० औं मिनेटमा आर्सनलका जाकुब किविओरको आत्मघाती गोलमार्फत लिभुपूलले १–० को अग्रता लियो ।

त्यसपछि खेलको अन्तिम समयतिर इन्जिुरी समयको पाँचौं मिनेटमा डिएगो जोटाको असिस्टमा लुइस डाइजले गोल थप्दा लिभरपूल २–० ले विजयी भयो ।

जितसंगै लिभरपूल प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्दा आर्सनल भने बाहिरिएको छ ।

एफए कपअन्तर्गत नै गयराति नै भएको अन्य खेलहरुमा साविक विजेता म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि ५–० को फराकिलो जित रच्दा वेस्टह्याम युनाइटेड भने बिस्टोल सिटीसंग १–१ को बराबरीमा रोकिएको छ ।

त्यस्तै, नटिङघम फोरेस्ट पनि ब्लाकपुलसंग २–२ को बराबरीमा रोकिँदा लुटन टाउन भने बोल्टन वान्डर्ससंग गोलरहित बराबरीमा रोकिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.