एजेन्सी । इंग्लिस फुटबलको प्रतिष्ठित कप एफए कपअन्तर्गत पाँचौं चरणको ड्र सार्वजनिक भएको छ ।

म्यानचेस्टर सिटीविरुद्व ब्रिस्टोल सिटी
सोमवार सार्वजनिक गरिएको ड्र अनुसार उपाधि दाबेदार म्यानचेस्टर सिटीले ब्रिस्टोल सिटी प्रतिद्वन्दीका रुपमा पाएको छ । प्रिमियर लिगको साविक विजेतासमेत रहेको सिटीले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी पाएको हो ।

सिटीले प्रतियोगिताअन्तर्गत चौथौं चरणमा जारी सिजन उच्च लयमा रहेको आर्सनललाई पराजित गर्दै पाँचौं चरण पुगेको थियो ।

यता, च्याम्पियनसिप क्लब ब्रिस्टोलले भने वेस्ट ब्रोमिचलाई हराउँदै पाँचौ चरण पुगेको हो । यो खेल फब्रअरी २७ तारिखमा अस्टन गेट रंगशालामा खेलिनेछ ।

म्यानचेस्टर युनाइटेडविरुद्व वेस्टह्याम युनाइटेड
एफए कपको पाँचौ चरणमा यी दुई प्रिमियर लिग क्लब आमनेसामने हुने भएका छन् । म्यान युनाइटेडले प्रतियोगिताअन्तर्गत चौथौं चरणमा च्याम्पियनसिप क्लब रिडिङलाई हराएको थियो ।

त्यस्तै, वेस्टह्यामले लिग वान क्लब डर्बी काउन्टीमाथि जित निकालेको थियो । प्रिमियर लिग क्लब द्वयबीचको खेल फेब्रअरी २७ तारिखमा ओल्डट्राफेडमा हुनेछ ।

स्टोक सिटीविरुद्व ब्राइटन
च्याम्पियनसिप क्लब स्टोक सिटीले प्रिमियर लिग क्लब ब्राइटनसंग एफए कपअन्तर्गत पाँचौं चरणमा प्रतिस्पर्धा गर्ने भएको छ ।

चौथौं चरणमा च्याम्यियनसिप क्लबले लिग टु क्लब स्टेभेनाजलाई पराजित गरेको थियो भने प्रिमियर लिग क्लब ब्राइटनले साविक विजेता लिभरपूललाई पराजित गर्दै प्रतियोगिताको पाँचौ चरणमा स्थान बनाएको थियो ।

यी दुई टोलीबीचको खेल फेब्रअरी २७ तारिखमा बेट ३६५ रंगशालामा हुनेछ ।

यता, प्रिमियर लिग क्लब लेस्टर सिटीले ब्लाकबर्न रोभर्स र बिर्मिनघम सिटीबीचको विजेतासँग पाँचौं चरणमा प्रतिस्पर्धा गर्नेछ भने प्रिमियर लिग क्लब साउथह्याम्पटनले लुटोन टाउन र ग्रिम्स्बी टाउनबीचको विजेतासँग खेल्नेछ ।

त्यस्तै, अर्को प्रिमियर लिग क्लब टोटेनहमले पाँचौं चरणमा सेफिल्ड युनाईटेड र रेक्समबीचको विजेतासँग खेल्ने तालिका सार्वजनिक हुँदा लिड्स युनाईटेडले फुलहम र सन्डरल्याण्डबीचको विजेतासँग खेल्नेछ ।

यता, बर्नली र इप्स्वीच टाउनबीचको विजेताले पाँचौं चरणमा सेफिल्ड वेनस्डे र फ्लिटउड टाउनबीचको विजेतासँग खेल्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.