भक्तपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।

मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नवनियुक्त प्रशिक्षकलाई सार्वजनिक गरेको हो ।

यूईएफएको प्रो लाइसेन प्राप्त ३८ वर्षिय इटालियन प्रशिक्षकले नयाँ खेलाडीलाई मौका प्रदान गर्दै नयाँ रणनीतिका साथ खेल्ने बताउनु भएको छ ।

‘यदि कुनै खेलाडी एमेच्योर फुटबल खेल्छ भने मैले उसको खेल हेर्न पाउँदिन र उनीहरूको वास्तविक अवस्था बुझ्न सक्दिनँ। त्यसैले मैले आफूले खेल हेरेका खेलाडीलाई टिममा मौका दिनेछु,’ भिन्सेन्जोले बताए ।

उनले नेपाली फुटबललाई केहि वर्षयता नियालिरहेको बताउदै नेपाली युवा खेलाडीमा क्षमता भएपनि उनीहरूमा अनुभवको कमि रहेको बताए ।

‘म युवा जोशिला खेलाडीमा विश्वास गर्छु । नेपालमा क्षमतावान युवा खेलाडी छन् र उनीहरूमा केवल अनुभवको कमी छ,’ उनले थपे ।

नयाँ प्रशिक्षकको नेतृत्वमा नेपालले चैत्र ८ गतेदेखि १७ गतेसम्म चल्ने प्रधानमन्त्री कप थ्री नेसन्स कप खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसंगै भुटान र लाओसले राउण्ड राविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.