भक्तपुर । नेपाली क्रिकेटको शीर्ष टि–२० फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) सम्पन्न भएको छ ।

सनिवार काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा फाइनल खेल सकिएसंगै पहिलो संस्करणको एनपिएल सम्पन्न भएको हो ।

कुल ८ फ्रान्चाइज टोलीको सहभागिता रहेको प्रतियोगिता जनकपुर बोल्ट्सले जितेको छ ।

जनकपुरले फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी सुदुरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक उद्घाटन सिजनको उपाधि जित्न सफल भयो ।

उपाधिसंगै जनकपुरले नगद १ करोड १० लाख रुपैया जितेको छ ।

त्यसअघि लिग चरण र प्लेअफको खेलमा गरी दुईपल्ट सुदुरपश्चिमसंग बेहोरेको हारको बदला पनि जनकपुरले लियो ।

फाइनल खेलमा पराजय बेहोरेको सुदुरपश्चिम भने प्रतियोगिताको उपविजेतामा सिमित रह्यो ।

सुदुरले नगद ५१ लाख रुपैया जितेका छन् ।

यता, प्रतियोगिताको तेस्रो स्थान हासिल गर्न सफल कर्णाली याक्सले २५ लाख र चौथौं भएको चितवन राइनोजले १५ लाख रुपैया जितेका छन् ।

लुम्बीनी लायन्सले भने फेयर प्ले अवार्ड जितेको छ ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट नेपाली खेलाडी सुदुरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरी घोषित भए ।

अलराउण्डर दिपेन्द्रले प्रतियोगिता भरी २२७ रन जोड्दा ९ विकेटसमेत लिए ।

उनले करिब ६२ लाख मुल्य पर्ने अमोडा इ–५ डिएलएक्स इलेक्ट्रोनिक कार पुरस्कारमा जिते ।

त्यस्तै, सर्वोत्कृष्ट बलर जनकपुरका ललित राजवंशी घोषित भए ।

ललितले प्रतियोगितामा कुल १७ विकेट लिएका थिए ।

उनले अल्ट्राभायोलेट एफ ७७ मोटरसाइकल पुरस्कार स्वरुप जिते ।

प्रतियोगिताको उदयीमान खेलाडी भने विपिन प्रसाद शर्मा घोषित भए । उनले नगद रुपैया ५० हजार जित्नुका साथै १० लाख बराबरको छात्रवृत्ति पनि पाउन भए ।

त्यस्तै, सिद्दार्थ बैंक प्लेयर अफ द टुर्नामेन्ट सुदूरपश्चिमका सेइफ जेइब घोषित भए । उनले ५ लाख रुपैया पुरस्कार राशी जित्न सफल भयो ।

यता, इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्टको अवार्ड भने जनकपुरका जिमी निशमले जिते । उनले २ लाख रुपैया पुरस्कार राशी हात पारे ।

प्रतियोगितामा सर्वाधिक चौका हान्ने जनकपुरका लाहिरु मिलान्थाले २ लाख रुपैयाँ पुरस्कार राशी जिते ।

फाइनल खेलको प्लेयर अफ द म्याचको अवार्ड पनि मिलान्थाले जिते ।

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको प्रतियोगिता मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म भएको हो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.