भक्तपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले सहज जित निकालेको छ ।

सनिवार भएको बहुप्रतिक्षित एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्समाथि ८ विकेटको सहज जित निकालेको हो ।

जितसंगै जनकपुरले अंक तालिकामा महत्वपूर्ण २ अंक जोडेको छ ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १२८ रनको सामान्य विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५.३ ओभरमा २ विकेट गुमाएर १३१ रन जोड्यो ।

जनकपुरको जितमा लाहिरु मिलान्थाले ५३ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ७५ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहँदा हर्ष थाकेरले ३३ बल खेल्नेक्रममा २ चौका प्रहार गरेर २९ रन जोड्दै अविजित रहे ।

कप्तान तथा ओपनर ब्याट्सम्यान अनिल साह ५ रनमा पेविलियन फर्किदा अर्का ओपनर आसिफ शेख शुन्य रनमा पेविलियन फर्किए ।

जनकपुरले अतिरिक्त रुपमा २२ रन जोड्यो ।

विराटनगरका लागि प्रतिश जिसी र क्रिस सोलले १–१ विकेट लिए ।

त्यसअघि टस जितेको जनकपुरले विराटनगरलाई पहिला ब्याटिङमा निम्यायो ।

विराटनगरले १८ ओभर खेल्दै अलआउट हुनेक्रममा १२७ रन जोड्यो ।

विराटनगरका लागि मार्टिन गप्टिलले ४३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५५ रनको अर्धशतकिय पारी खेल्दा ओपनर ब्याट्सम्यान अकिब इलियासले १८ बल खेल्दै १ चौका प्रहार गरेर १५ रन जोड्दै पेविलियन फर्किए ।

विराटनगरका अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

निकोलास क्रिटन ९, अनिल खरेलु ७ रनमा अविजित रहँदा कप्तान सन्दिप लामिछाने र बसिर अहमद समान ७–७, अर्का ओपनर तथा विकेटकिपर लोकेश बम ५, क्रिस सोल ४, प्रतिश जिसी २ र राजेश मगर १ रनमा पेविलयन फर्किए ।

जितेन्द्र मुखियाले भने अंकको खाता नै खोल्न सकेनन् ।

विराटनगरले अतिक्ति रुपमा १५ रन जोड्यो ।

विराटनगरलाई सस्तैमा अलआउट गर्न जनकपुरका लागि ललित नारायण राजबंशी र हर्ष थाकेरले समान ३–३, किशोर महतोले २ तथा मोहम्मद मोहसिन र बेन माइकले १–१ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.