भक्तपुर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा आज (सनिवार) विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दैछन् ।

काठमाडौंको क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल नेपाली समय अुनसार विहानको सवा १२ बजे सुरु हुनेछ ।

कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किंग्सको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान समेत रहेका स्पिनर सन्दिप लामिछानेले सम्हाल्ने छन् ।

विराटनगरको टोलीमा कप्तान सन्दिपका अलावा प्रतिश जिसी, लोकश बम, बसिर अहमद, जितेन्द्र मुखिया, मृनल गुरुङ, नरेन भट्ट, सुवास भण्डारी, अनिल खरेल, दिपक बोहरा, राजेश पुलामी मगर र कमल खत्री नेपाल खेलाडीका रुपमा रहँदा विदेशी कोटाबाट क्रिस सोल, मार्टिन गुप्टिल, निकोलास क्रिटन, अकिब इलियास र इस्मत आलम रहेका छन् ।

त्यस्तै, मधेश प्रदेशको प्रतिनिधित्व गर्ने जनकपुर बोल्ट्सको कप्तानी नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर अनिल साहले गर्दैछन् ।

जनकपुरको टोलीमा कप्तान अनिलसंगै विकेटकिपर आसिफ शेख, ललित नारायण राजबंशी, किशोर महतो, हेमन्त धामी, रुपेश कुमार सिंह, आकाश त्रिपाठी, शेर मल्ल, अरनिको यादव, शुभ कंसाकार, तुलबहादुर थापामगर र विशाल सुस्लिङ नेपाली खेलाडीका रुपमा रहँदा जेम्स निशम, जोशुआ ट्रम्प, मोहम्मद मोहसिन, बेन माइक, लाहिरु मिलान्था र हर्ष थाकेर विदेशी कोटाबाट रहेका छन् ।

आगामी पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल आठ टिमले प्रतिस्पर्धा गर्दै छन् ।

सिंगल राउन्ड एन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुने टि–२० ढाँचाको प्रतियोगितामा कुल ३२ खेल हुनेछन् ।

जसमा लिग चरणमा २८ खेल हुनेछन् भने प्लेअफमा तीन र फाइनल खेल समावेश छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.