भक्तपुर । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेर्न्जसले लुम्बिनी लायन्समाथि सहज जित निकालेको छ ।

शुक्रवार भएको एनपिएल खेलमा पोखरा एभेर्न्जसले लुम्बिनी लायन्समाथि १० विकेटको सहज जित निकालेको हो ।

ुजितसंगै पोखराले जारी प्रतियोगितामा पहिलो जित निकाल्नेक्रमा ३ खेलबाट २ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ ।

पराजित लुम्बिनीले भने २ खेल खेलिसक्दा दुबैमा हारको नतिजा आत्मसाथ गर्दै शुन्य अंकका साथ तालिकाको पुच्छारमा रहेको छ ।

क्रितिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा १७१ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको पोखराले १६.५ ओभर खेल्नेक्रमा विना कुनै विकेट क्षति १७६ रन जोड्यो ।

पोखरालाई सहजै जित दिलाउन ओपनर ब्याट्सम्यान आन्ड्रेस गौसले ५५ बलमा १२ चौका र ५ छक्का प्रहार गर्दै सर्वासधक १०४ रनको शतकिय पारी खेल्दा अर्का ओपनर दिनेश खरेलले ४६ बल खेल्नेक्रममा ४ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनको अर्धशतकिय पारी खेल्दै अविजित रहे ।

पोखराले अतिरिक्त रुपमा ११ रन जोड्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७० रन जोड्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ९५ रनको जोड्दै रनआउट हुँदा टम मोरिसले ३८ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै ४५ रन जोडेर रनआउट भए ।

त्यस्तै, सुन्दिप जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १८ रन जोड्दै आउट हुँदा विवेक यादव २ रनमा अविजित रहे ।

लुम्बिनीका ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र उन्मुक्त चन्द शुन्य रनमा पेविलियन फर्किए ।

लुम्बिनीले अतिरिक्त रुपमा १० रन जोड्यो ।

पोखराका लागि बिपिन खत्रीले २ विकेट लिँदा म्याट चिट्चेलीले १ विकेट लिए ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.