भक्तपुर । १० खेलाडीमा समेतिएको ललितपुर सिटी एफसीले काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत क्वालिफायर (२) खेलमा पोखरा थन्डर्स एफसीमाथि सनसनी जित निकाल्दै फाइलनमा प्रवेश गरेको छ ।

बिहिवार साँझ भएको क्वालिफायर (२) खेलमा १० खेलाडीमा समेतिएको ललितपर सिटी एफसीले पोखरा थन्डर्स एफसीमाथि २–१ को सनसनी जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

काठमाडौंको दशरथ रंगशालामा भएको रोमाञ्चक खेलमा ललितपुरलाई फाइनलमा पु¥याउन इमो इजकियल र कुशल देउवाले गोल गरे ।

पोखराका लागि स्टेफेन कोजो पापा आनोरले एक गोल फर्काए ।

पहिलो हाफको ३४ औं मिनेटमा ललितपुर १० खेलाडीमा समेतियो ।

ललितपरका मिडफिल्डर निखिल कदम दोस्रो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिदा ललितपुर १० खेलाडीमा समेतिएको हो ।

यता, पहिलो हाफको अन्त्यतिर ४५ मिनेटपछि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा इमोले काउण्टर अट्याकमा गोल गर्दै ललितपुरलाई सुरुवाती अग्रता लियो ।

तर, दोस्रो हाफको ७० औं मिनेटमा स्टेफेन कोजो पापा आनोरले पोखराका लागि गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

यता, निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त ३० मिनेट लम्बियो ।

जसमा ललितपुरले बाजी मार्यो ।

खेलको ९८ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान छिरेका कुशलले सनसनी गोल गर्दा ललितपुर २–१ ले अघि बढ्यो ।

त्यसपछि खेलमा थप गोल नभएपछि ललितपुर २–१ ले विजयी भयो ।

अब ललितपुरले एनएसएल उपाधिका लागि साविक उपविजेता धनगढी एफसीसंग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

पराजित पोखरा भने एनएसएलको यात्रा क्वालिफायरबाटै टुंग्याएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.