भक्तपुर । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत खेलमा काठमाडौं रेजर्स एफसी र धनगढी एफसीले बराबरी खेलेका छन् ।
सोमवार साँझ भएको खेलमा साविक विजेता काठमाडौं रेजर्स एफसी र साविक उपविजेता धनगढी एफसीले १–१ को बराबरी खेलेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले १४ औं मिनेटमा अहमद हिजाजीले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
तर, दोस्रो हाफको ६५ औं मिनेटमा कोमील्जोनको फ्रिकिक क्रसमा जुवान किंगवेले गोल गर्दै काठमाडौं १–१ को बराबरीमा आयो ।
बराबरीसंगै दुबै टोलीले अंक बाँधेका छन् ।
धनगढीले ६ खेल खेलिसक्दा १२ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।
यता, साविक विजेतासमेत रहेको काठमाडौंको समान ६ खेलमा ९ अंक भएको छ ।
काठमाडौं तालिकाको चौथौं स्थानमा रहेको छ ।