भक्तपुर । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) का लिग चरणका खेलहरु सकिएका छन् ।

सनिवार साँझ भ्याली डर्बीअन्तर्गत काठमाडौं रेजर्सललितपुर सिटी एफसीबीचको खेल सकिएसंगै नेपाली फ्रेन्चाइज फुटबल प्रतियोगिताको लिग चरणका खेलहरु सकिएका हुन् ।

९ फ्रेन्चाइज क्लबहरुको सहभागिता रहेको दोस्रो संस्करणको एनएसएल प्रतियोगितामा साविक विजेता काठमाडौं रेजर्स, साविक उपविजेता धनगढी एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले लिग तालिकाको शीर्ष चारमा रहँदै प्लेअफका लागि छानोट भएका छन् ।

पोखरा थर्डसले लिग चरणका ८ खेलमध्यमा ४ खेलमा जित, ३ मा बराबरी र १ खेलमा हारको नतिजा आत्मसाथ गर्दै १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहन सफल भयो ।

त्यस्तै, साविक उपविजेता टोलीले ८ खेलमा ३ मा जित, ४ मा बराबरी र १ खेलमा हारको नतिजा निकाल्दै १३ अंक जोडेर तालिकाको दोस्रो स्थान हासिल गर्यो ।

यता, साविक विजेता टोलीले समान ८ खेलमा ३ मा जित ३ मा बराबरी र २ खेलमा हारको नतिजा निकाल्दै १२ अंक जोडेर लिग तालिकामा तेस्रो बन्यो ।

ललितपुर सिटीले भने ८ खेलमध्यृमा २ मा जित ४ मा बराबरी र २ मा हारको नतिजा निकाल्दै १० अंक जोडेर तालिकाको चौथौं स्थानमा रहन सफल भयो ।

समान १०–१० अंक भएतापनि झापा एफसी र एफसी बुटवल लुम्बिनी गोलअन्तरका आधारमा पछि पर्दै शीर्ष चारमा अताउन सकेनन् ।

त्यस्तै, एफसी चितवन, बिरगञ्ज युनाइटेड एफसी र स्पोर्टिङ इलाम एफसी पनि लिग चरणबाटै बाहिरियो ।

तुलनात्मक रुपमा अघिल्लो संस्करण भन्दा जारी सिजन प्रतिस्पर्धात्मक र रोमाञ्चक भने रह्यो ।

लिग तालिकालाई नै नियाल्दा पनि सो कुराको पुष्टि हुन्छ ।

अब प्ले अफअन्तर्गत क्वालिफायर (१) खेलमा तालिकाको शीर्ष दुई मा रहन सफल पोखरा थन्डर्स र धनगढी एफसीबीच फाइनल प्रवेशको निमित सोमवार साँझ दशरथ रंगशालामा प्रतिस्पर्धा हुदैछ ।

उक्त खेलमा जित्ने टोली प्रतियोगिताको फाइनलमा सिधै प्रवेश गर्नेछ भने पराजित टोलीले क्वालिफायर (२) खेल खेल्न पर्नेछ ।

यता, लिग तालिकाको तेस्रो र चौथौं स्थानमा रहेको काठमाडौं थन्डर्स र ललितपुर सिटीबीच इलिमिनेटर खेल हुनेछ ।

उक्त खेलको विजेता टोलीले क्विालिफायर (२) खेल खेल्नेछ ।

क्वालिफायर (२) विजेता टोलीले क्वालिफायर (१) को विजेता टोलीसंग एनएसएल उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.