Ncell Nepal Super League 2025: Match between Lalitpur City FC and Jhapa FC at Dasharath Stadium in Kathmandu on Wednesday 16.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

भक्तपुर । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत खेलमा ललितपुर सिटी एफसी झापा एफसीसंग बराबरीमा रोकिएको छ ।

बुधवार साँझ भएको खेलमा साविक विजेता ललितपुर सिटी एफसी झापा एफसीसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरका लागि नबिन लामा र झापाका लागि लाकेन लिम्बुले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५३ औं मिनेटमा नबिनले गोल गर्दा ललितपुर १–० ले अघि बढ्यो ।

तर, ६५ औं मिनेटमा लाकेनले झापाका लागि गोल गर्दा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि खेलमा थप गोल भएन ।

बराबरीसंगै दुबै टोलीले एक–एक अंक जोड्यो ।

यसअघि नै क्वालिफायरमा स्थान पक्का गरिसकेको ललितपुरले ६ खेलबाट १२ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पराजित झापाले समान ६ खेलबाट ५ मा बराबरी र १ मा हारको नतिजा बेहोर्दै ५ अंक जोडेर तालिकाको छैटौं स्थानमा यथावत रह्यो ।

झापा भने लिग चरणबाटै बाहिरिसकेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.