Ncell Nepal Super League 2025: Match between Jhapa FC and FC Chitwan at Dasharath Stadium in Kathmandu on Sunday 06.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

भक्तपुर । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवन र झापा एफसीले बराबरी खेलेका छन् ।

आईतवार साँझ भएको खेलमा एफसी चितवन र झापा एफसीले १–१ को बराबरी खेलेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनका लागि टोरिक जेर्बिन र झापाका लागि अलहाजी गेरोले गोल गरे ।

पहिलो हाफको २७ औं मिनेटमा जेर्बिनको गोलमार्फत् चितवनले खेलमा १–० को अग्रता लियो ।

तर, खेलको अन्त्यतिर इन्जुरी समयको ९४ औं मिनेटमा गेरोले पेनाल्टीमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए ।

बराबरीसंगै दुई टोलीले एक–एक अंक बाँडेका छन् ।

चितवनले ३ खेलबाट २ मा जित र १ मा बराबरीको नतिजा निकाल्दै ७ अंक जोडेर लिग तालिकाको शीर्ष स्थानमा कायम रहेको छ ।

झापाले भने समान ३ खेलमा ३ बराबरी खेल्दै ३ अंक जोडेर तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.