Ncell Nepal Super League 2025: Match between Kathmandu Rayzrs FC and FC Chitwan at Dasharath Stadium in Kathmandu on Monday 14.April.2025. Photo: Udipt Singh Chhetry/USC Images Production

भक्तपुर । काठमाडौंमा जारी तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत खेलमा एफसी चितवनमाथि काठमाडौं रेजर्स एफसीले जित हासिल गरेको छ ।

मंगलवार दिउँसो भएको खेलमा एफसी चितवनमाथि पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स एफसीले २–० को सहज जित हासिल गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई जिताउन बकरे माने र अमडौ डियोपले गोल गरे ।

पहिलो हाफको ३२ औं मिनेटमा मानेले गोल गर्दै काठमाडौंलाई १–० ले अघि बढायो ।

त्यसपछि दोस्रो हाफको ७१ औं मिनेटमा डियोपले गोल गर्दै काठमाडौंलाई २–० ले जित दिलाए ।

जितसंगै काठमाडौंले ६ खेलबाट २ मा जित, २ मा बराबरी र २ मा हारको नतिजासहित ८ जोडेर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

पराजित चितवनको ५ खेलमा २ जित, १ मा बराबरी र २ मा हारको नतिजासहित ७ अंकका साथ तालिकाको चौथौं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.