भक्तपुर । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम (एनआरटी) माथि सहज जित निकालेको छ ।

बुधवार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम (एनआरटी) माथि ३–१ को सहज जित हात पारेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि रोशन राणामगर, साइदजामोल र कोल्फी कौदोले समान एक–एक गोल गर्दा अशोक थापाले एनआरटीका लागि एक गोल फर्काए ।

रोमाञ्चक खेलमा ३९ औं मिनेटमा रोशनको गोलमार्फत मनाङले खेलमा १–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको ६८ औं मिनेटमा परिर्वतित खेलाडीका रुपमा मैदान प्रवेश गरेका साइदजामोलले गोल गर्दा मनाङ २–० ले अघि बढ्यो ।

यता, ८७ औं मिनेटमा कोल्फीले तीन डिफेन्डरलाई छक्याउदै दर्शणीय गोल गर्दा मनाङ ३–० को सहज अवस्थामा अघि बढ्यो ।

निर्धारित ९० मिनेटको खेलको अतिरिक्त थपिएको ६ मिनेटको पहिलो मिनेटमा एनआरटीका अशोकले एक गोल फर्काउँदा खेल ३–१ ले सकियो ।

जितसंगै मनाङको ४ खेलमा ८ अंक भएको छ । मनाङ तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

त्यस्तै, पराजित एनआरटीको ४ समान खेलमा १ अंक छ । एनआरटी तालिकाको पुच्छारमा झरेको छ ।

यसअघि बुधवार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लबले महत्वपूर्ण ३ अंक हात पारेको छ ।

च्यासल रंगशालामा भएको विभागिय डर्वीका रुपमा परिचित खेलको ३७ औं मिनेटमा मनि लामाले एकमात्र निर्णायक गोल गरेका थिए ।

जितसंगै पुलिसले ५ औं खेलमा आएर अंकको खाता खोलेका छन् । पुलिस क्लबले तालिकामा ३ महत्वपूर्ण ३ अंक जोड्दै १३ औं स्थानमा उक्लिएको छ ।

यसअघि पुलिस लिग तालिकाको पुच्छारमा थियो । पराजित आर्मीको भने ४ खेलमा ५ अंक छ । आर्मी तालिकाको सातौं स्थानमा झरेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.