भक्तपुर । बङ्गलादेशको ढाकामा आयोजना हुने ५ औं अन्तराष्ट्रिय आमन्त्रण (बिकेएसपी) कप एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको छन् ।
१७ वर्षमूनीका ७ खेलाडीसहित ११ सदस्यीय टोली बंगलादेश प्रस्थान गरेको हो ।
प्रतियोगितामा नेपाली टोलीबाट ऋषि बहादुर कुमाल, पुष्पराज यादव, विश्वराम कुँवर, सुनिल गोर्खाली, क्याथ्रिन बसुकला, सिमा श्रेष्ठ र ब्रिटिशा सिल्पकारले सहभागीता जनाउँदै छन् ।
प्रतियोगिता मंसिर २७ गतेदेखि २९ गतेसम्म हुनेछ ।