
एजेन्सी । स्पेनिस क्लब फुटबलको प्रतिष्ठित नकआउट प्रतियोगिता कोपा डेल रेको तेस्रो चरण विहिवार राति सम्पन्न भएका छन् ।
गयराति इस्टाडियो म्युनिसिपल डो इस्पिइएन्डो रंगशालामा एट्लेटिको मड्रिडले अरेन्टिएरोमाथि ३–१ को पुनरागमन जित निकाल्यो ।
खेलको ४२ औं मिनेटमा मारक्विटसको गोलमार्फत घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको अतिरिक्त पलिो मिनेटमा याननिक कारास्कोले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई खेलमा १–१ को बराबरीमा फर्काए ।
यता, ५९ औं मिनेटमा एट्लेटिकोले फेरी पेनाल्टी पाए पनि त्यसमा अल्भारो मोराटा चुकेका थिए । तर, ७६ औं मिनेटमा पाब्लो बारियोसको गोलमार्फत भम्रणकारी टोलीले खेलमा २–१ को अग्रता लियो ।
खेलको अन्त्यतिर कारास्कोले गोल थप्दा खेल एट्लेटिकोले ३–१ ले जित्यो । जितसंगै एट्लेटिको चौथौं चरणमा प्रवेश गरेको छ ।
गयराति नै सम्पन्न अन्य खेलहरुमा तारागोनाले मालागामाथि २–१ को जित रच्दा रियल ओभइदोले ग्रानाडामाथि १–० को जित हात पार्यो ।
यता, ला नुसियाले लास पाल्मासमाथि ट्राईब्रेकरमा ६–५ ले पाखा लगाउँदै अघिल्लो चरण पक्का गर्यो ।