Dienstag 16.04.2024, UEFA Champions League Saison 23/24 - Viertelfinale Rueckspiel in Dortmund, BV Borussia Dortmund - Atletico de Madrid, Copyright: Borussia Dortmund GmbH & Co. KGaA Rheinlanddamm 207-209 44137 Dortmund (NO IPTC-stripping allowed) EDITORIAL USE ONLY

एजेन्सी । एट्लेटिको डि मड्रिडलाई पराजित गर्दै बुरुसिया डर्टमण्ड युरोपेली क्लब फुटबलको शीर्ष प्रतियोगिता युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलवार राति भएको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेग खेलमा स्पेनिस क्लब एट्लेटिको डि मड्रिडमाथि ४–२ समग्रमा ५–४ को जित रच्दै जर्मन क्लब बुरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

क्वाटरफाइनलअन्तर्गत पहिलो लेगमा २–१ को हार बेहोरेको डर्टमण्डले दोस्रो लेगमा भने पुनरागमन गर्दै ४–२ समग्रमा ५–४ को जित हासिल गर्न सफल भयो ।

योसंगै स्पेनिस क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ ।

डर्टमण्डको घरेलु मैदान सिग्नल इन्दु पार्क रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन जुलियान ब्रान्डट, इयान माट्सेन, निकलास फुलक्रुग र मार्केल सबिस्टारले गोल गरे ।

पराजित एट्लेटिकोका लागि भने एन्जेल कोरियाले एक गोल फर्काउँदा अर्को एक गोल डर्टमण्डका म्याट्स हुम्मेल्सको आत्मघाती गोलमार्फत् प्राप्त गर्यो ।

पहिलो हाफको ३४ औं मिनेटमा म्याट हुम्मेल्सको पासमा ब्रान्डटले गोल गर्दा घरेलु टोली १–० समग्रमा २–२ को बराबरीमा आयो ।

त्यस्तै, ३९ औं मिनेटमा सबिस्टारको पासमा माट्सेनले गोल गर्दा डर्टमण्ड २–० समग्रमा ३–२ ले अघि बढ्यो ।

तर, दोस्रो हाफको ४९ औं मिनेटमा हुम्मेल्सले आत्मघाती गोल गर्न पुग्दा खेल २–१ समग्रमा ३–३ को बराबरीमा आयो ।

त्यसपछि ६४ औं मिनेट भ्रमणकारी टोलीका लागि कोरियाले गोल गर्दा खेल २–२ समग्रमा ३–४ को अवस्थामा आयो ।

तर, ७१ औं मिनेटमा सबिस्टारको पासमा फुलक्रुगले डर्टमण्डका लागि गोल गर्दा खेल ३–२ समग्रमा ४–४ को बराबरीमा आयो ।

त्यसको तीन मिनेटपछि नै फुलक्रुगको पासमा सबिस्टारले गोल थप्दा डर्टमण्ड ४–२ समग्रमा ५–४ ले विजयी भयो ।

अब सेमिफाइनलमा डर्टमण्डले फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मनसंग खेल्नुपर्ने भएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.