
एजेन्सी । चिरपरिचित प्रतिद्वन्दी एट्लेटिको मड्रिडलाई उसैको मैदानमा पराजित गर्दै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको छ ।
आइतवार राति भएको खेलमा एट्लेटिकोलाई १–० ले पराजित गर्दै बार्सिलोनाले अंक तालिकामा ३ अंकक अग्रता लिएको हो ।
सिभितास मेट्रोपोलिटानोमा भएको खेलमा बार्सिलोना १–० ले विजयी भएको हो ।
बार्सिलोनाका लागि एकमात्र निर्णायक गोल ओसमाने डेम्बेलेले खेलको २२ औं मिनेटमा गरेका थिए । डेम्बलेले गाभीको पासमा निर्णायक गोल गरेको हो ।
जितसंगै बार्सिलोनाले १६ खेलमा ४१ अंक जोडेको छ । यो भनेको दोस्रो स्थानमा रहेको रियल मड्रिडको भन्दा ३ अंक बढी हो । पराजित एट्लेटिको भने पाँचौं स्थानमा झर्यो । एट्लेटिकोको १६ खेलमा २७ अकं छ ।
गयराती नै भएको अन्य खेलमा सेभिल्लाले गेताफेमाथि २–१ को जित रच्दा रायो भालकाने रियल बेटिससंग २–१ ले पराजित भयो ।
त्यस्तै, इस्पानियोल र जिरुनाले २–२ को बराबरी खेल्दा अल्मेरिया भने रियल सोसिदादसंग २–० ले पराजित भयो ।