भक्तपुर । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ को खेलमा युरोपेली राष्ट्र पोल्याण्डमाथि सहज जित हात पार्दै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतवार राति भएको खेलमा बलियो फ्रान्सले पोल्याण्डमाथि ३–१ को जित हात पार्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

फ्रान्सको जितमा केलियन एम्बाप्पे दुई तथा ओलिभर जिरुडले एक गोल गरे । यता, पोल्याण्डका लागि रार्बटो लेवान्डोस्कीले एक गोल फर्काए ।

अल थुमामा रंगशालामा खेलको ४४ औं मिनेटमा एम्बाप्पेको पासमा जिरुडले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० ले अघि रहेको साविक विजेताले दोस्रो हाफको ७४ औं मिनेटमा एम्वाप्पेको गोलमार्फत अग्रता दोब्बर पार्यो । फ्रान्सले काउण्टरमा ओसमान डेम्बेलेको असिस्टमा एम्बाप्पेले सहज गोल गरे ।

त्यस्तै, खेलको अन्त्यतिर ९० औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत रुपमा दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्यो । मार्कुस थुरामको पासमा एम्बाप्पेले आकर्षक गोल गर्यो ।

निर्धारित ९० मिनेटको खेलमा अतिरिक्त ५ मिनेट थपिएको समयको अन्त्यतिर फ्रान्सका डिफेन्डर उपामेकानोले हातमा बल लागेपछि भिएआरको सहयतामा पोल्याण्डले पेनाल्टी पायो ।

पहिलो पटक प्रहार गरेको पेनाल्टीलाई फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाएका थिए । तर, पेनाल्टी प्रहार गर्दै गर्दा किपर अघि बढेकोले पोल्याण्डलाई फेरी पेनाल्टी हान्न दियो ।

जसमा लेवान्डोस्कीले पोल्याण्डका लागि एक सान्तोना गोल गरे । यता, पोल्याण्डका लागि रार्बटो लेवान्डोस्कीले एक गोल फर्काए ।

जितसंगै साविक विजेताको उपाधि रक्षा अभियान एक कदम अघि बढेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.