The International Cricket Council (ICC) Men's Cricket World Cup Trophy on display during the 2nd ODI cricket match between West Indies and India, at Kensington Oval in Bridgetown, Barbados, on July 29, 2023. India will host the 13th edition of the ICC World Cup from 5 October to 19 November 2023. (Photo by Randy Brooks / AFP) (Photo by RANDY BROOKS/AFP via Getty Images)

एजेन्सी । विश्व क्रिकेटको एकदिवसिय ढाँचाको विश्वकप क्रिकेट आउन अब एक साता भन्दा कमको समय बाँकी छ ।

१३ औं संस्करणको आईसीसी विश्वकप २०२३ को आयोजना छिमेकी राष्ट्र भारतले गर्दैछ ।

प्रतियोगिता अक्टुबर ५ देखि नभेम्बर १९ तारिखसम्म अर्थात् असोज १८ गतेदेखि कार्तिक २ गतेसम्म आयोजना हुँदैछ ।

भारतले पहिलोपल्ट एकल रुपमा एकदिवसिय विश्वकप आयोजना गर्न लागेको हो ।

त्यसअघि सन् १९८७, १९९६ र २०११ मा भारतले अन्य राष्ट्रहरुसंग मिलेर सह–आयोजकको हैसियतमा प्रतियोगिता आयोजना गरेको थियो ।

यस संस्करणका प्रतियोगिताका खेलहरु भारतका १० सहरमा आयोजना हुँदैछन् ।

प्रतियोगिताको सेमिफाइनलका खेलहरु मुम्बइस्थित वानखडे रंगशाला र कोलकतास्थित इडेन गार्डेन रंगशालामा हुने तय भएको छ भने फाइनल खेल अहम्दावादस्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

प्रतियोगिताको उद्घाटन समारोह भने अक्टुबर ४ तारिख अर्थात् असोज १७ गते हुँदैछ । यो भनेको प्रतियोगिताको उद्घाटन खेलको एकदिन अगाडी हो ।

कुल ४८ खेल हुने प्रतियोगिता अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नेतृत्वमा हुनेछ ।

प्रत्येक ४ वर्षको अन्तरालमा हुने प्रतियोगितामा १० राष्ट्रको सहभागिता रहनेछ ।

यसं संस्करणमा घरेलु टोली भारतसहित इंग्ल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, श्रीलंका र नेडरल्याण्ड्स सहभागी हुँदैछन् ।

भारत, इंग्ल्याण्ड, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र अफगानिस्तान आईसीसी सुपर लिगबाट विश्वकपमा छनोट भएका राष्ट्रहरु हुन् भने श्रीलंका र नेडरल्याण्ड्स भने आईसीसी विश्वकप ग्लोबल क्वालिफायरबाट छानिएर विश्व कपमा आएका हुन् ।

यता, १२ औं संस्करणसम्म लगातार विश्वकप खेल्दै आएको वेस्ट इन्डिज भने यसपल्ट छनोट हुन सकेन ।

प्रतियोगिताको उद्घाटन खेल साविक विजेता इंग्ल्याण्ड र साविक उपविजेता न्युजिल्याण्डबीच अक्टुबर ५ तारिखमा हुनेछ । सो खेल अहम्दावादस्थित नरेन्द्र मोदी अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।

पछिल्लोपल्ट सन् २०१९ मा इंग्ल्याण्डमा भएको विश्वकप घरेलु टोली इंग्ल्याण्डले फाइनलमा न्युजिल्याण्डलाई हराएर जितेको थियो ।

राउण्ड एण्ड रोविन र नकआउट प्रणालीमा हुने प्रतियोगितामा समूह चरणमा प्रत्येक राष्ट्रले प्रत्येकसंग प्रतिस्पर्धा गर्नेछ ।

समूह तालिकाको शीर्ष ४ मा रहन सफल हुने राष्ट्रहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् भने बाँकी ६ राष्ट्र प्रतियोगिताबाट बाहिरिनेछ ।

समूह तालिकामा शीर्ष स्थानमा रहने राष्ट्र र चौथौं स्थानमा रहने राष्ट्रबीच पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ भने समूह तालिकाको दोस्रो र तेस्रो स्थानमा रहने दुई राष्ट्रबीच दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलका विजेता राष्ट्रहरुबीच फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

विश्वकप विजेता राष्ट्रले विश्वकप ट्रफीसंगै ४ मिलियन डलर पुरस्कार राशी जित्नेछ भने उपविजेता हुने राष्ट्रले २ मिलियन डलर पुरस्कार राशी जित्नेछ ।

त्यस्तै, सेमिफाइनलमा पराजित हुने दुई राष्ट्रले भने ८–८ लाख डलर पाउनेछ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.