
एजेन्सी । म्यानचेस्टर युनाइटेडले उल्भ्समाथि महत्वपूर्ण जित निकाल्दै लिग तालिकाको चौथौं स्थानमा उक्लिएको छ ।
सनिवार भएको खेलमा युनाइटेडले घरेलु टोली उल्भ्समाथि १–० को महत्वपूर्ण जित निकालेको हो ।
मोलिनिउक्स रंगशालामा भएको खेलमा युनाइटेडका लागि एक मात्र निर्णायक गोल मार्कुस रासफोर्डले ७६ औं मिनेटमा गरे ।
दोस्रो हाफको सुरुवाती समयमा एलेक्जान्ड्रो ग्रानाचोको स्थानमा मैदान छिरेका रासफोर्डलाई ब्रुनो फर्नान्डेजले असिस्ट प्रदान गरेका थिए ।
१–० ले अघि रहेको युनाइटेडले ८५ औं मिनेटमा रासफोर्डले गोल गरे पनि भिएआरको सहायतामा गोललाई मान्यता दिएन ।
नयाँ वर्षको पुर्व सन्ध्यामा महत्वपूर्ण जितसंगै युनाइटेडले १६ खेलमा ३२ अंक जोड्दै टोटनहम हटस्परलाई पछि पार्दै लिग तालिकाको शीर्ष चारमा उक्लिएको छ । समान खेल खेलेको टोटनहमको ३० अंक छ ।
यता, युनाइटेडसंग पराजित घरेलु टोली १७ खेलमा १३ अंकका साथ तालिकाको १८ औं स्थानमा छ ।