एजेन्सी । उरुग्वे संयुक्त राज्य अमेरिकामा जारी कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आईतवार विहान भएको खेलमा उपाधि दावेदार ब्राजिललाई ट्राइब्रेकरमा ४–२ ले पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो ।
लास भेगासस्थित एलिगेन्ट स्टेडियममा भएको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट लिइयो ।
ट्राइब्रेकरमा ब्राजिललाई स्तब्ध पार्न उरुग्वेका लागि फ्रेडेरिको भालभार्डे, रोड्रिगो बेनटानकुर, जियोर्जियान डि अरास्केइटा र म्यानुएल उगार्टेले गोल गरे ।
पराजित ब्राजिलका लागि भने एन्ड्रेस परेरा र ग्राबियल मर्टिनेलीले पेनाल्टीमा गोल गर्दा डगलास लुइज र इडर मिलिटानो खेर फाले ।
अब सेमिफाइनलमा उरुग्वेले कोलम्बियासंग खेल्ने पक्का भएको छ ।