Georgia's players celebrate after winning the UEFA Euro 2024 Group F football match between Georgia and Portugal at the Arena AufSchalke in Gelsenkirchen on June 26, 2024. (Photo by OZAN KOSE / AFP) (Photo by OZAN KOSE/AFP via Getty Images)

एजेन्सी । जर्मनीमा जारी युरो कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगल जर्जियासंग स्तब्ध भएको छ ।

बुधवार राति भएको खेलमा बलियो पोर्चुगल जारी संस्करण डेब्यु प्रतियोगिता खेलिरहेको जर्जियासंग २–० ले स्तब्ध बनेको हो ।

जेलसेनकिर्चेनस्थित एरिना औफसाल्के रंगशालामा भएको खेलमा पोर्चुगललाई स्तब्ध गर्न जर्जियाका लागि खभिचा क्भाराट्स्खेलिया र जोर्जेस मिकौटाडजेले गोल गरे ।

खेल सुरु भएको दोस्रो मिनेटमै मिकौटाडजेको पासमा क्भाराट्स्खेलियाले गोल गर्दै जर्जियाले सनसनी सुरुवाती अग्रता लियो ।

त्यसपछि दोस्रो हाफको ५७ औं मिनेटमा मिकौताडेजेले पेनाल्टीमा गोल थप्दा जर्जिया २–० ले अघि बढ्यो ।

त्यसपछि खेलमा थप गोल निस्केन र जारी प्रतियोगितामा ठूलो स्तब्धकारी नतिजा आयो ।

महत्वपूर्ण जितसंगै जर्जियाले समूह ‘एफ’ मा ३ खेलबाट ४ अंक जोडेर तेस्रोमा रहँदै बेस्ट अफ थ्रीमा पर्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।

पराजित पोर्चुगलको भने ३ खेलमा ६ अंकका साथ समूह तालिकाको पहिलो स्थानमा रहेको छ ।

पोर्चुगलले यसअघि नै अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ ।

गयराति नै भएको सोहि समूहको अर्को खेलमा भने टर्कीएले चेक रिपब्लिकलाई २–१ ले हराएको छ ।

महत्वपूर्ण जितसंगै टर्किएले ३ खेलबाट ६ अंक जोडेको छ ।

पोर्चुगलसंग समान अंक भएतापनि गोलअन्तरका आधारमा टर्किए दोस्रो स्थानमा रहँदै अघिल्लो चरण प्रवेश गरेको छ ।

पराजित चेक रिपब्लिक भने ३ खेलबाट १ अंक जोड्दै समूहको पुच्छारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.