Brazil's Richarlison, centre, and Switzerland's Nico Elvedi challenge for the ball during the World Cup group G soccer match between Brazil and Switzerland at the Stadium 974 in Doha, Qatar, Monday, Nov. 28, 2022. (AP Photo/Hassan Ammar)

भक्तपुर । कतारमा जारी फिफा विश्वकपको सोमवार भएको तेस्रो खेलमा स्विजरल्याण्डलाई पराजित गर्दै ब्राजिल अन्तिम १६ मा प्रवेश गरेको छ ।

९७४ रंगशालामा खेल अवधिभर निरन्तर दवाव सिर्जना गरेको पाँच पटकका विश्वकप विजेता ब्राजिलले खेलको ८३ औं मिनेटमा कासिमेरोको गोलमार्फत महत्वपूर्ण जित हात पार्यो ।

यसअघि ६६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेता पनि भिएआरले मान्यता दिएन ।

जितसंगै ब्राजिलले दुई खेलमा ६ अंक जोडेको छ । ब्राजिल एक खेल अगावै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको हो ।

समूह ‘जी’ मा दोस्रो चरणका लिग खेल सकिँदासम्म ब्राजिलले मात्र शतप्रतिशत नतिजा निकालेको छ । पराजित स्विजरल्याण्डको ३ अंक छ ।

त्यस्तै, क्यामरन र सर्वियाको समान एक अंक रहेको छ ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.