भक्तपुर । फिफा विश्वकपको समूह चरणको अन्तिम खेलमा पोल्याण्डविरुद्व महत्वपूर्ण जित हात पार्दै अर्जेन्टिना समूह विजेता बन्दै दोस्रो चरण प्रवेश गरेको छ ।

बुधवार राति उपाधि दाबेदार राष्ट्र अर्जेन्टिनाले युरोपेली राष्ट्र पोल्याण्डमाथि २–० को जित हात पारेको हो ।

रंगशाला ९७४ मा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सीस म्याक अलिस्टार र जुलियान अल्भारोले गोल गरे ।

खेलको सुरुदेखि विपक्षीमाथि दवाव दिन थालेको लियोनल मेसीको कप्तानीमा रहेको राष्ट्रले अन्तिम समयसम्म दवाव कायम राख्यो ।

खेलमा अर्जेन्टिनाले ७३.३ प्रतिशत बल पनेजेसन राखेको थियो । त्यसक्रममा २३ सट प्रहार गर्दा १२ सट टार्गेटमा थियो । पोल्याण्डले भने खेलअवधिभर ४ सट प्रहार गर्दा एउटै पनि टार्गेटमा लगाउन सकेन ।

यसअघि पहिलो हाफको ३९ औं मिनेटमा प्राप्त पेनाल्टीमा मेसी चुकेका थिए । तर दोस्रो हाफको सुरुवात समयमै अर्जेन्टिनाले गोल गर्यो ।

उसका लागि अलिस्टारले खेलको ४६ औं मिनेटमा अग्रता दिलाए । त्यसपछि ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दा अर्जेन्टिनाले खेल २–० ले आफमे पक्षमा पार्यो । महत्वपूर्ण जितसंगै अर्जेन्टिनाले तीन खेलमा ६ अंक जोड्यो ।

यता पराजयका बाबजुद पनि रार्बटो लेवान्डोस्कीको राष्ट्र पोल्याण्ड पनि दोस्रो चरणमा प्रवेश गरेको छ । मेक्सिकोसंग समान ४ अंक भएपनि गोलअन्तरका आधारमा पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्यो ।

त्यस्तै, सोहि समयमा लुसाइल आइकोनिक रंगशालामा भएको खेलमा मेक्सिकोले साउदी अरबियामाथि २–१ को जित दर्ता गर्यो ।

मेक्सिकोको जितमा हेनरी मार्टिन र लुईस चाभेजले गोल गर्दा अरबका लागि सलिम अल ड्वासारीले एक गोल फर्काए । प्रतियोगिताबाट दुबै टोली बाहिरिएका छन् ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.