
एजेन्सी । इन्टर मिलानले इटालियन सिरी ए अन्तर्गत खेलमा उदिस्नेमाथि पुनरागमन जित निकालेको छ ।
सोमवार राति भएको खेलमा लिग लिडर इन्टर मिलानले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी उदिस्नेमाथि २–१ को पुनरागमन जित निकालेको हो ।
उदिस्नेको घरेलु मैदान ब्लुइनर्जी स्टेडियममा भएको खेलमा पहिलो हाफको ४० औं मिनेटमा रोबर्टो पेरेराको पासमा लाजार समराड्जिकले गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए ।
तर, दोस्रो हाफको ५५ औं मिनेटमा इन्टरका हाकन चालहानोग्लुले पेनाल्टीमार्फत् गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।
बराबरी उन्मुख खेलको अन्तिम समयतिर इन्जुरी समयको पाँचौं मिनेटमा डेभिड फ्राट्टेसीले सनसनी गोल गर्दै इन्टरलाई २–१ ले जिताए ।
पुनरागमन जितसंगै शीर्ष स्थानमा रहेको इन्टरले ३१ खेलबाट ८२ अंक जोडेको छ ।
पराजित उदिस्नेको समान ३१ खेलमा २८ अंकसहित तालिकाको १५ औं स्थानमा झरेको छ ।