भक्तपुर । उज्बेकिस्तानी टोली ब्ल्याक बुल्स एफसीले २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप जितेको छ ।

सनिवार भएको फाइनल खेलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै पाहुना टोली ब्ल्याक बुल्स एफसीले मोफसलकै प्रतिष्ठित प्रतियोगिताको उपाधि जितेको हो ।

कास्की जिल्लाको पोखरास्थित पोखरा रंगशालामा भएको खेलमा पराजय बेहोरेसंगै ६ पल्टका विजेता पुलिस उपविजेतामा सिमित बन्यो ।

पहिलो हाफको ४० औं मिनेटमा पुलिसका गोलकिपर शत्रुधन चौधरीले आत्मघाती गोल गर्न पुग्दा पाहुना टोलीले सुरुवाती अग्रता लियो ।

त्यसपछि दोस्रो हाफको ५९ औं मिनेटमा असिल्बेक ओरिफजोनोभले गोल गर्दै उज्बेकिस्तानी टोलीलाई २–० ले अघि बढाए ।

त्यस्तै, ६६ औं मिनेटमा शाभकाट जोन साटोरोभले गोल थप्दा ब्ल्याक बुल्स ३–० को आरामदायी अग्रतासहित अघि बढ्यो ।

यता, ७४ औं मिनेटमा पाहुना टोलीका अलिजोन अलिजोनोभले आफ्नै पोस्टमा बल छिराउँदा पुलिस ३–१ को अवस्थामा आयो ।

त्यसपछि खेलमा थप गोल ननिस्किदा डेब्यु प्रतियोगितामै उज्बेकिस्तानी टोलीले उपाधि जित्यो ।

ब्ल्याक बुल्सले प्रतिष्ठित उपाधिसंगै नगद १० लाख रुपैयाँ समेत हात पार्यो ।

प्रतियोगितामा ३ आमन्त्रित विदेशी टोलीसहित १२ टोलीको सहभागिता रहेको थियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.