एजेन्सी । घरेलु टोली कतारले उज्बेकिस्तानलाई ट्राइब्रेकरमा पराजित गर्दै एएफसी एसियन कपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

सनिवार राति भएको चौथौं तथा अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको कतारले उज्बेकिस्तानलाई ट्रइब्रेकरमा ३–२ ले पराजित गर्दै एसियन कपको सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

कतारका लागि अक्रम अफिफ, सुल्तान अल ब्राके र पेड्रो मिगुएलले गोल गर्दा अल्मोयज अली र अलमाह्दी अलीको प्रहार गोलमा परिणत हुन सकेन ।

यता, उज्बेकिस्तानका लागि भने ओटाबेक शुकुरोभ र शोख्बोज उमारोभले पेनाल्टीमा गोल गर्दा रुस्तमजोन अशुरमाटोभ, जफरमुरोड अब्दिराह्माटोभ र जालोलिद्दिन माशारिपोभको प्रहार खेर गयो ।

त्यसअघि खेल सुरु भएको २७ औं मिनेटमा उज्बेकिस्तानका उत्किरको आत्मघाती गोलमार्फत् कतारले सुरुवाती अग्रता लियो ।

त्यसपछि दोस्रो हाफको ५९ औं मिनेटमा उज्बेकिस्तानका ओडिल्जोन हाम्रोबेकोभले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि खेलमा थप गोल निस्किएन ।

अल ब्याट रंगशालामा भएको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिपछि अतिरिक्त ३० मिनेट लम्बियो ।

अतिरिक्त समयमा पनि गोल ननिस्केपछि खेल ट्राइब्रेकरमा मोडियो ।

लेखक

प्रतिकृया दिनुहोस्

Please enter your comment!
Please enter your name here
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

The reCAPTCHA verification period has expired. Please reload the page.