एजेन्सी । स्पेनिस ला लिगको खेलमा उपाधि दाबेदार बार्सिलोना इस्पानियालसंग बराबरीमा रोकिएको छ ।
सनिवार घरेलु मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा बार्सिलोना भ्रमणकारी टोली इस्पानियोलसंग १–१ को बराबरीमा रोकिएको हो ।
क्याम नौमा खेलको ७ औं मिनेटमा मार्कोस अलोन्सोको गोलमार्फत घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो ।
पहिलो हाफ १–० ले अघि रहेको बार्सिलोनाले ७३ औं मिनेटमा गोल बेर्होयो ।
भ्रमणकारी टोलीका फरवार्डलाई बार्साका अलोन्सोले डिबक्सभित्र फाउल गर्न पुगेपछि इस्पानियोलले पेनाल्टी पाएको थियो । जसमा जोसेलुले गोल गर्द इस्पानियोललाई १–१ को बराबरीमा ल्याएका थिए ।
खेल बराबरीमा पुगेसंगै आक्रमक बनेका दुबै टोलीका खुई खेलाडीले रातो कार्डसमेत पाए । बार्साका जोर्डी अल्वा र इस्पानियोलका भिनिसियस सौजाले रातो कार्ड पाए ।
बराबरीमा रोकिएता पनि बार्सिलोना १५ खेलकम ३८ अंक जोड्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
साविक विजेता रियल मड्रिडसंग अंक बराबर भएता पनि गोलअन्तरका आधारमा मड्रिडलाई पछि पार्दै बार्सा शीर्ष स्थानमा उक्लेको हो ।
बलियो बार्सालाई रोकेको इस्पानियोलको १५ खेलमा १३ अंक छ ।