
एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिडले इस्पानियोलमाथि पुनरागमन जित रचेको छ ।
सनिवार राति भएको खेलमा घरेलु टोलीसमेत रहेको रियल मिड्रिडले इस्पानियोलमाथि पुनरागमन ३–१ को जित रचेको हो ।
स्याटियागो बेर्नाबाउमा आठौं मिनेटमा जोसेलुले गोल गर्दा भ्रमणकारी टोलीले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर, २२ औं मिनेटमा भिनिसियस जुनियरले गोल फर्काउँदा खेल खेल १–१ को बराबरीमा आयो ।
त्यसपछि ३९ औं मिनेटमा इदर मिलिताओले गोल गर्दा रियल २–१ ले अघि बढ्यो ।
निर्धारित ९० मिनेटको खेलपछि थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा मार्को एसेन्सियोले गोल थप्दा साविक विजेता रियल ३–१ ले विजयी भयो ।
जितसंगै रियलको २५ खेलमा ५६ अंक भएको छ । रियल लिग तालिकाको दोस्रो स्थानमा छ ।
पराजित इस्पानियोलको २५ खेलमा २७ अंक रहेको छ । इस्पायिोल तालिकाको १४ औं स्थानमा झरेको छ ।
यता, सनिवार राति नै सम्पन्न अन्य खेलमा इल्च र रियल भाल्लादोलिदले १–१ गोलको बराबरी खेलेका छन् ।